April 4, 2025

Dilmaya Charity Musical Night 2025

प्रेस विज्ञप्ती

२० फेब्रुवरी २०२५
चुम्लुङ हिम, जोर्डन

आदरणीय सञ्चारकर्मी तथा पत्रकारहरु,

दिलमाया मेमोरियल फाउण्डेशनले आगामी नयाँ विक्रम सम्वत २०८२ साल र इस्टर २०२५ छुट्टीको शुभ अवसर पारेर एउटा साँगीतिक साँझ आयोजना गर्दैगरेको जानकारी गराउँदछौं। नेपालको ग्रामिण भेगमा चपेटामा परेकाहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचमार्फत समुदायको सशक्तिकरण गर्ने उद्देश्यले स्थापित दिलमाया फाउण्डेशनले स्थापनाकालदेखि नेपालमा भौतिक पूर्वाधारहरु निर्माण र शैक्षिक सामग्रीहरु बितरण र खेलकुद विकासमा सहयोग पुर्याउँदैआएको छ। फाउण्डेशनले गरेका उल्लेखनीय कार्यहरुमध्ये पाँचथर जिल्लाको याङवरक गाउँपालिका–५ थर्पूको सिरिसे स्कूल विद्यालयत भवन पुनर्निमाणका लागि एनआरएनए यूकेसंगको सहकार्यमा ३५ लाख रुपैयाँमा दिलमाया भवन निर्माण गरिसकेको छ र सोही पूर्वाधारको आधारमा सिरिसे स्कूल अहिले माध्यमिक विद्यालयमा स्तरोन्नति भइसकेको छ। त्यस्तै सन् २०२१ मा धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकाको बराहकालिका उच्च माध्यमिक विद्यालयका ४३१ विद्यार्थीहरु लाभान्वित हुनेगरी कम्प्युटर र अन्य शैक्षिक सामग्रीहरु बितरण गरेको थियो। फाउण्डेशन स्थापना भएको केही समय बितिसकेको र वर्तमानमा आएर यसको एउटा स्थायी अक्षय कोष स्थापना गर्न आवश्यक महसुस गरी हङकङमा रहेका फाउण्डेशनका सदस्यहरुले उल्लिखित च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमको नामः दिलमाया च्यारिटी साँगीतिक साँझ
मितिः आइतबार, २० अप्रिल २०२५ (तदनुसार २०८२ साल बैशाख ७ गते)
समयः अपरान्ह ५ बजेबाट ।
स्थानः ब्लु ओसन रेस्टुरेण्ट हल, शाङहाइ स्ट्रिट, जोर्डन, काउलून।

अतिथि कलाकारहरुः
संगीतकार तथा गायक बादल लिम्बू
लोकप्रिय गायिका सुनीता थेगीम
चर्चित गायिका दीपा सुहाङ
पत्रकार तथा मिडिया पर्सनालिटी भूमिका फियाक (कार्यक्रम सञ्चालिका)

सहयोगका प्रकारहरुः
स्पन्सरहरुः धन्यवाद पत्र र प्रायोजक व्यक्ति र संस्थालाई कार्यक्रममा पटक–पटक वाचन गरिने
एक हजार डलरः फाउण्डेशनको आजीवन सदस्यता, सीट प्राथमिकता, प्रमाणपत्र प्रदान
पाँच सय डलरः सीट प्राथमिकता, आफ्नो रोजाइको एउटा पेय पदार्थ, असीमित खाना।
तीन सय डलरः असीमित खाना र मनोरञ्जन।

विस्तृत जानकारीका लागि फाउण्डेशनको औपचारिक वेभसाइटः www.dilmayafoundation.org

धन्यवाद।

श्री मौसम इम्बुङ दिलमाया फाउण्डेशन परिवार
कार्यक्रम संयोजक कार्यक्रम आयोजक
+852 67413556 info@dilmayafoundation.org

सम्पर्कः +44 7796303938/ +852 52861717

Regular Updates

Related News